काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म चितवनमा हुन गइरहेको नेकपा (एमाले)को दसौं महाधिवेशन बैचारिक बहसको थलो नहुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गर्नेहरुकै बाहुल्य भएकाले त्यहाँ उनका ब्यक्तिवाद र ३ बर्षसम्म सत्तामा हुँदा गरेका भ्रष्टाचारका बिषयमा कसैले पनि प्रतिवाद गर्नसक्ने अवस्था छैन । भीम रावलले ऋषि धमलाको बाह्रमासे क्लवमा अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि चितवन पुग्दासम्म उनलाई महेश बस्नेत र क्षितिज थेबे संरक्षित चुल्ठेमुन्द्रेहरुले मनोनयन दर्ता गर्नसमेत दिने नदिने निश्चित छैन ।
एमालेको महाधिवेशन पार्टी लिने आगामी कार्यदिशा र देशको चिन्ता भन्दा भन्दा तडकभडक र तामझाम प्रदर्शनको हिसाबले चर्चामा छ । एउटा कम्युनिष्ट पार्टीको महाधिवेशन यति भड्किलो र खर्चिलो सायदै भएको होला, तर ओलीको पार्टीले भने चितवनको महाधिवेशमा बीसौं करोडौं खर्च गरी तामझाम प्रदर्शन गरेको छ ।
एमालेले आधा करोड रुपैयाँ लागतमा मञ्च नै बनाएको छ । १५ लाख रुपैयाँमा फोटो खिच्नका लागि २५ ठाउँमा सेल्फी प्वाईन्ट बनाएको छ । एक करोड खर्च गरी ४४ वटा गेट बनाएको छ । ३ हजार ५ सय जनाका लागि रू ३ करोडको त भोजसहित होटेल खर्च छ । ५ लाख मान्छे आउने बस यातायात, बास खाना खर्च र तिनका होटल खर्चको हिसाब करोडौं हुन आउँछ ।
र्यालीमा प्रयोग हुने मोटरसाइकलको पेट्रोल खर्च, ब्यानर, झण्डा फ्लेक्स खर्च, हेलिकप्टर हवाईजहाज खर्च, ठाउँठाउँमा २ करोडको बेलुन खर्च, ड्रोन प्रशारण खर्चको हिसाब अलगै छ ।
यत्रो पैसा आयो कहाँबाट आयो ? एमालेले हिसाब दिनुनपर्ने ? राजनीतिक पार्टीभित्र सुशासन र पारदर्शीता नभए ती पार्टीले देशको जिम्मेवारी लिदा प्रश्न उठ्नेछ । एमालेको महाधिवेशनको तामझाम र तडकभकडकका लागि कुन स्रोतबाट कसरी पैसा जम्मा भयो । ? कसले हिसाब लिन्छ ? पैसा छाप्ने मेसिन नै पो राखेका होलान् कि ! कुरा गम्भीर छ । एमालेले रातारात थपेका फर्जी सदस्यसमेतको संख्यालाई नै मान्दा पनि ८ लाख हुन आउँछ । ८ लाख सदस्यले प्रतिब्यक्ति रू १००।– दिंदा पनि हुने त ८ करोड मात्र हो । महाधिवेशनमा २० औं करोड खर्च कसरी र कुन स्रोतबाट ल्याएको छ एमालेले कसले खोजी गर्ने ?
नेकपा समाजवादीका महासचिव बेदुराम भूसालले केपी शर्मा ओलीले ३ बर्ष सरकारमा रहँदा कति भ्रष्टाचार गरेका रहेछन् भन्ने कुरा चितवन महाधिवेशनको तामझामले देखाएको बताएका छन् । एउटा कम्युनिष्ट पार्टीको यति भड्किलो महाधिवेशन भ्रष्टाचारकै रकमको उपज भएको उनको भनाइ छ ।
ओलीले प्रधानमन्त्री हुँदा यतिलाई राज्यका सबै सम्पत्ति सुम्पिएर प्राप्त गरेको रकम, ओम्नी, तारागाउँ विकास समितिको जग्गा हयात होटलबाट फिर्ता नगरेबापत लिएको अरब घुस, गिरीबन्धु टी स्टेटको हदबन्दी फुुकुवा गर्दा लिएको १ अर्ब घुस, फाष्टट्रयाकको टनेलको ठेक्कामा गरेको सेटिङ बापतको १० अर्ब घुसको रकम र वाइडबडी खरिदमा भएको घोटालाको समेत हिसाबकिताव एमालेका कार्यकर्ताले खोज्ने भएकाले उनले महाधिवेशन प्रतिनिधि पनि आफ्ना गुटका मात्र ल्याएका छन् । दस बुँदे समर्थकलाई छानीछानी घेराबन्दी गरी महाधिवेशन प्रतिनिधिमा रोक्न सफल भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend