Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एमाले महोत्तरीको विवाद टुङ्गिँयो, महाधिवेशनपछि गहन छलफल गर्ने सहमति


    बिहिबार, मंसिर ९ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेकपा एमाले महोत्तरीले माहाअधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुङ्गिएकाे छ ।

    महाधिवेशनमा सहभागी हुन यसअघि पठाएकाे नाम सदर गर्दै विवाद सकिएकाे हाे ।महाधिवेशनपछि गहन समीक्षा गर्नेगरि सोही नामको सुचीलाई सदर गर्ने निर्णय भएको इन्चार्ज रामदयाल मण्डलले जानकारी दिए ।

    उनले भने, `धेरै साथीहरूले असन्तुष्टि जनाएका छन् यो बिषयमा पछि छलफल हुनेछ । अहिले माहाअधिवेशन प्रतिनिधि चयन गर्नै पर्ने बाध्यताले हामीले ठिकै छ भनेका हौँ  ।´ महोत्तरीका चार निर्वाचन क्षेत्रबाट जम्मा ३० जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट सात जना, क्षेत्र नम्बर २ बाट सात जना, क्षेत्र नम्बर ३ बाट ६ जना र क्षेत्र नम्बर चारबट १० जना प्रतिनिधि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार