बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।
यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रवन्धक रामचन्द्र भुसालले बताए ।
‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।
शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए ।
लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend