Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपाको केन्द्रीय सदस्य रेखा थापा लिङ्देनको पक्षमा, भनिन्- सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ


    बिहिबार, मंसिर ९ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राप्रपाको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य नायिका रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।  

    मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै नायिका थापाले लिङ्देनलाई साथ दिने भएकी हुन् ।

    बिहीबार लिङ्देनकाे उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भएकी थिइन् । 

    लिङदेनलाई साथ दिनुको कारण खुलाउँदै थापाले भनिन्-‘ सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको छ, त्यसैले मैले राजेन्द्रजीलाई साथ दिएकी हुँ ।’

    महाधिवेशनमा लिङ्देनलाई साथ दिँदा कमल थापाको साथ छाडेको भन्ने अर्थमा नबुझ्न अभिनेत्री थापाले आग्रह गरिन् । 

    बि. सं २०७३ मा तत्कालिन राप्रपाका अध्यक्ष कमल थापाको बिचार मन पर्यो भन्दै थापा माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखा अत्याधिक मतका साथ केन्द्रीय सदस्य जितेकी थिय । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार