Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बस र माइक्राे एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते


    बिहिबार, मंसिर ९ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन्।

    काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे ।

    दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

    घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार