Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनगणना अन्तिम चरणमाः तपाईँ छुट्नु त भएन ?


    बिहिबार, मंसिर ९ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट । ‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ । तथ्यांक विभागका अनुसार देशभर जनगणनाकाे काम अन्तिम चरणमा पुगेको छ ।

    जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएकाे छ । जाजरकाेटमा जनगणनाका लागि  २ सय ४० गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए । 

    प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जाजरकोटमा यसपटक करिब २ लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ ।

    २०६८ अनुसार जाजरकोटको कुल जनसंख्या १ लाख ७१ हजार ३०४ थियो । यसपटक १ लाख ९० हजारदेखि २ लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए । उनका अनुसार महिला ९४ हजार ७ सय ७३ र पुरुष ९४ हजार ५ सय ५० तथा अन्य ७ जना रहेको र केही थपघट हुन सक्ने आँकलन गरिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार