Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसमा गुटगत राजनीति हावी: तल्लो तहसम्म नेताकार्यकर्ता विभाजित


    बिहिबार, मंसिर ९ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।

    पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।

    पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ। स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गर्दै आएको छ।

    पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बन्न पुगेका छन्।

    प्रमुख दुई गुटबीच वडा तहदेखि नै प्रतिस्पर्धा भएको छ। कञ्चनपुर, झापासहितका केही जिल्लामा केन्द्रीय नेताको आन्तरिक प्रतिस्पर्धाले गर्दा भिन्नै खालको समीकरणसमेत देखिएको छ।

    पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

    राम्रोभन्दा हाम्रो नेता खोज्ने क्रमले तीव्रता पाउँदा केही जिल्लामा कार्यकर्ता आपसमै कुटाकुटमा उत्रिएका छन्।

    सभापति देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला सभापतिसहितका नेताको सहभागिताबिना अधिवेशन गरिएको छ। त्यसले गर्दा त्यहाँ केही तनाव भएको छ।

    त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा पनि दुई पक्षबीच झडप भएको छ। प्युठानमा कांग्रेस नेताहरूबीच विवाद हुँदा मतदान स्थलमै गोली चलेको थियो। आफ्नो पक्षमा जिल्ला नेतृत्व पार्न ओखलढुंगामा मतपत्र नै किर्ते बनाएको भन्दै विवाद भएको थियो। त्यसको असर अबको एक वर्षभित्र हुने स्थानीय, प्रदेश र आमनिर्वाचनमा पर्नसक्ने देखिएको छ। नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार