पोखरा । नेपाली कांग्रेस कास्कीको क्षेत्रीय अधिवेशनमा मिश्रित नतिजा आएको छ । प्यानल बनाएर उम्मेदवारी दिए पनि नतिजा भने प्यानलमा आएन । क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणी लामिछाने भारी मत सहित विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई १२८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । लामिछानेले ४५८ मत पाए भने गुरुङको ३३० मत छ । लामिछाने जिल्लासभापति कृष्ण केसी गुटका हुन् भने गुरुङ पूर्व सभापति यज्ञबहादुर थापाको टिमबाट चुनाव लडेका थिए ।
समितिको सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी भएका छन् । सहसचिवमा सुजता गुरुङ र मोती गिरी विजयी भए । सहसचिव गिरी थापा प्यानलमा थिए ।
क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालाई १७ मतान्तरले हराएका हुन् । निर्देषीले २४७ मत पाए भने बरालले २३० मत ल्याए ।
निर्दोषी जिल्लामा देवराज चालिसे गुटका हुन् भने बराल शुक्रराज शर्मा प्यानलमा थिए । सचिवमा देवकृष्ण पराजुली र नरेन्द्र अधिकारी विजयी भएका छन् भने सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भए । सचिव पराजुली र सहसचिव श्रेष्ठ निर्दोषी भन्दा फरक प्यानलबाट आएका हुन् ।
क्षेत्र नम्बर ३ को सभापतिमा मनोज गुरुङ निर्वाचित भए । देउवा निकट उनी ३८३ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी खिमलाल बास्तोला ३१७ मत ल्याए । सचिवमा मेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल विजयी भएका छन् । सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend