पोखरा । नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला संरचनाको अधिवेशनको तयारीमा छ । गण्डकीका ३ जिल्लामा यसअघि नै जिल्ला निर्वाचन सकिएको छ । मनाङ, मुस्ताङ र गोरखामा सर्वसम्मत नेतृत्व चयन भयो । बाँकी ८ जिल्लामा अहिले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन करिब सकिने चरणमा छ ।
जिल्लाको नेतृत्व गर्न महाधिवेशन प्रतिनिधि जित्नै पर्ने विधानको व्यवस्था अनुसार उम्मेदवारहरू बढी भए । गण्डकीका केही जिल्लामा अनौठो नतिजा आइहरेको छ । स्याङ्जा र बागलुङमा बहालवाला जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । स्याङ्जाका बहालवाला सांसद पराजित भएका छन् भने कतिपय जिल्लामा पूर्व सांसद र प्रभावशाली नेताले हारेका छन् ।
स्याङ्जाका सभापति कुमार रानाले महाधिवेशन जितेनन् । उनी नयाँ कार्यकालका लागि पनि सभापतिको दाबेदार थिए । प्रतिनिधिसभाका समानुपातिक सांसद मोहन पाण्डे समेत चुनाव जितेनन् ।
बागलुङमा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलको पार्टी राजनीति महाधिवेशन प्रतिनिधि नपुग्दै अड्किएको छ ।
कास्कीबाट पूर्वराष्ट्रिय सभा सदस्य बृन्दादेवी राना पराजित भइन् । जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्कीसमेत महाधिवेशन प्रतिनिधिमै रोकिए । पार्टीभित्रको गुटका कारण प्रभावशाली नेताले पराजय भोग्नुपरेको जिल्लास्थित नेता बताउँछन् ।
गण्डकीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका स्थानीय नेताबीच कडा प्रतिस्पर्धा छ । हालसम्मको नतिजामा पौडेल समूह केही अगाडी छ भने यसअघि कमजोर देउवा गुट यो निर्वाचनमा केही सुधारिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend