काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा काभ्रेबाट गुण्डानाइके गणेश लामा, ललितपुरबाट मीनकृष्ण महर्जन, सुनसरीबाट हेमकर्ण पौडेल निर्वाचित भएका छन् । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा दावा लामा सर्वसम्मत सभापति भए । सिन्धुपाल्चोकको जुगल गाउँ पालिकाको सभापतिमा अर्का गुन्डा नाइके सगुन श्रेष्ठ सभापति भएका छन् ।
नेपाली कांग्रेसको आन्तरिक निर्वाचनको क्रममा गुण्डानाइकेहरु पालिका अध्यक्ष, क्षेत्रीय सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिमा बिजयी हुँदा नेपाल प्रहरीका पूर्वडीआइजी गणेश केसी भने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजीत भएका छन् । नेपाल प्रहरीमा ३० बर्ष सेवा गरी अवकाश पाएका पूर्वडीआइजी केसीले ललितपुरको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । प्रहरीमा काबिल अधिकृत भए पनि राजनीतिक कोपभाजनमा परी डीआइजीबाटै अवकाश पाएका उनी कांग्रेसको राजनीतिमा होमिएका थिए । तर राजनीतिमा लागेर केही गरौैं भन्ने उनलाई महाधिवेशनमै पराजीत गरी रोक्ने काम भएको छ ।
ललितपुरको इमाडोलबासी केसीले कांग्रेसको महाधिवेशनमा पराजीत भएपछि सामाजिक संजालमा लेखेका छन्– नेपाली कांग्रेसको १४ औ महाधिबेशन र महाधिवेशनभित्रको प्रतिस्पर्धात्मक राजनीतिमा होमिएका आम कांग्रेसी योद्दाहरु जीत र हार त प्राविधिक बिषयले निर्धारण गर्छ । प्राविधिक दृष्टिले पराजय स्वीकारेको म राजनीतिक दृष्टिले मैले आफूलाई बिजयी भएको महशुस गरेको छु ।
ललितपुर क्षेत्र नंं २ क्षेत्रीय अधिबेशनबाट विभिन्न पदहरुमा बिजयी साथीहरुलाइ हार्दिक बधाई साथै पार्टीको बिधान बमोजिम प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनको बिजय उन्माद र पराजितको निराशाबाट मुक्त रहनु राजनीतिक ब्यक्तित्वको पहिचान हो । हाम्रो जस्तो सामाजिक चरित्र भएको समाजमा जीत र हारको बस्तुगत कारण केलाउन जटिल अन्तरबस्तुहरुले जेलिएको हुन्छ, त्यही सामाजिक राजनीतिक अन्तरबस्तुका कारणले नै साथीहरुबीच धेरै समानताका बाबजुद पनि जीत र हारको अस्वभाविक परिणाम आएको हो । यो हाम्रो जस्तो समाजमा देखा पर्नु स्वभाबिक पनि हो ।
एउटा सामाजिक, भाषिक ,आर्थिक र क्षेत्रीय परिवेशले राजनीति गरिरहेको हुन्छ र यसैको क्षणिक लाभमा टेकेर कसैले जीत र कसैले हार ब्यहोर्नुपर्छ । यो प्रवृत्तिले समुहगत राजनीति र ब्यक्तिको निम्ति कालान्तरमा दुष्परिणाम पक्का छ, यसैको सहारामा राजनीतिक बैशाखी टेक्नु कसैको निम्ति पनि जोखिम हुन सक्छ भन्ने मैले छर्लङ्ग देखेको छु ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend