Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन: ओली


    बुधबार, मंसिर ८ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन् । 

    युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताए । ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ । यो पाँच दल (गठबन्धन)को रिफ्लेक्सन हो’, ओलीले भने । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वाेच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार