Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ बजार भाउ


    बुधबार, मंसिर ८ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार