Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीको प्यानल नै विजयी, कांग्रेस महामन्त्री खड्का प्रतिनिधि चयन


    बुधबार, मंसिर ८ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा झकबहादुर डाँगीको प्यानल विजयी भएको छ । संस्थापन पक्षका डाँगीले सात सय १९ मत ल्याई सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय तीन मत प्राप्त गरे ।

    नाै सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा आठ सय ७४ मत खसेको थियो ।

    क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदमबहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् । सहसचिवमा प्रेमसिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

    साथै, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । उनी सात सय ३६ मत प्राप्त गरी विजय भएका छन् । कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार