Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन


    बुधबार, मंसिर ८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

    नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

    अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार