Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा गाडीको ठक्करबाट एक नेपाली महिलाको मृत्यु, चालक फरार


    बुधबार, मंसिर ८ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा भएको सवारी दुर्घटनामा परी एक नेपाली महिलाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा झापा घर भएकी वर्षा खड्का प्रसाई रहेकी छिन्। उनको गत नोभेम्बर २२ का दिन मृत्यु भएको थियो।

    डिसी क्षेत्रको डब्लुयुएसए डटकमका अनुसार मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर भागेका चालक अझै फरार रहेका छन्। 

    प्रहरीका अनुसार ती महिलालाई सपर्सस्थित चिकित्सा केन्द्र (मेडिकल सेन्टर ड्राइभ) बाट पार गर्न खोज्दा साँझ ७ बजेभन्दा अगाडि कारले ठक्कर दिएको थियो। मेरिल्याण्ड ल्यान्डओभरकी ४० वर्षीया प्रसाईको नजिकैको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

    उनको शव शरीर नेपाल पठाउनको लागि नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिल शहरका सन्तोष प्रसाईले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार