Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युभेन्ट्सको पोष्टमा चेल्सीको चार गोल, समूहकाे शीर्ष स्थानमा उक्लियाे


    बुधबार, मंसिर ८ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इटाली सिरी ए को महारथी क्लब युभेन्ट्सलाई ४ गोल गर्दै  इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लिएको छ ।

    मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको सहज जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १/१ गोल गरे ।

    लियोनार्दाे बोनुचीको कप्तानीमा मैदान उत्रिएको युभेन्ट्सले पहिलो हाफमा १ गोल ब्यहोर्दा दोस्रो हाफमा ३ गोल ब्यहोरकेो थियो । 

    समूह ‘एच’बाट दुबै टोली यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । जितपछि चेल्सी शीर्ष स्थानमा फर्कियो । 

    समूह ‘एच’कै अर्काे खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेले । 

    समूह ‘एच’मा ५ खेलबाट समान १२ अंक भएपनि हेट टु हेटका आधारमा चेल्सीले युभेन्ट्सलाई पछि पारेको छ । जेनिटको ४ अंक रहँदा माल्मोको १ अंक रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार