Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः अमेरिकामा रहस्यमय विमान अपहरणदेखि ढाकाको कपडा उद्योगमा आगलागी


    बुधबार, मंसिर ८ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

    ढाकाको कपडा उद्योगमा आगलागी
    सन् २०१२ मा बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको थियो । एउटा कपडा कारखानामा लागेको आगलागीमा ११० जनाको मृत्यु हुनुको साथै २०० जना घाइते भएका थिए । कारखानामा विद्युत सर्ट भएर आगो लागेको थियो ।
     
    रहस्यमय विमान अपहरण
    सन् १९७१ मा अमेरिकी इतिहासमै एउटा रहस्यमय विमान अपहरण भएको थियो । डीबी कुपर नाम गरेका एक व्यक्तिले अमेरिकाको सियाटलबाट वासिंगटनका लागि उड्न लागेको एउटा विमान अपहरण गरेका थिए । यात्रुहरुलाई सियाटल विमानस्थलमा झारेपछि अपहरणकारीले दुई लाख डलर रकम मागेर विमान चालकलाई सो विमान मेक्सिकोतर्फ उडाउन बाधय पारेका थिए । उनी आकाशबाटै प्यारासुटबाट हाम फालेर गायव भएका थिए । उनको बारेमा अहिलेसम्म केही पत्तो लागेको छैन् ।
     
    केनेडीका हत्यारामाथि गोली हानेर हत्या
    अमेरिकाका ३५ औं राष्ट्रपति जोन अफ केनेडीका हत्यारा ली हार्भे ओसवाल्डको सन् १९६३ को २४ नोभम्बरमा हत्या भएको थियो । अनुसन्धानका लागि प्रहरीको एउटा गाडीमा लैजाने क्रममा ज्याक रुबे नाम गरेका एक व्यक्तिले उनलाको गोली हानेर हत्या गरेका थिए । उनको हत्याको समाचार टेलिभिजनमा लाईभ प्रसारण गरिएको थियो । ओसवाल्डले २२ नोभेम्बरमा केनेडीको हत्या गरेका थिए ।
     
    ओरिजिन अफ स्पाइसेज प्रकाशन
    सन् १८५९ मा चाल्र्स डार्विनको पुस्तक ओरिजिन अफ स्पाइसेज प्रकाशित भएको थियो । सदावहार लोकप्रिय सो पुस्तकले विकासको सिद्धान्त र प्राकृतिक छनौटको प्रकृयालाई व्याख्या गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार