बुटवल। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशनबाट रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा हिराबहादुर केसी र २ को सभापतिमा हरि लम्साल निर्वाचित भएका हुन् । उनीहरु दुवैजना दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् ।
विजयी केसीले ३९६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विश्वनाथ यादवले २१५ मत ल्याए । सचिवमा वैजनाथ साहनी र विजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा र मोहम्मद रजा पठान निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ मा मतगणना चलिरहँदा मंगलबार साँझ दुई पक्षबीच कुटाकुट भएपछि रोकिएको मतगणना राति ११ बजेदेखि फेरि सुरु भएको थियो । सभापतिमा लम्सालले १६० मतको अन्तरले देउवा पक्षका काजीमान श्रेष्ठलाई पराजित गरेका छन् । लम्साल ४०२ मतका साथ विजयी भए भने श्रेष्ठले २४२ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत टिकाराम शर्माले बताए ।
सचिवमा भने देउवा खेमाका प्रजापाल गिरी र पौडेल पक्षका विमलराज भट्टराईले जित हासिल गरेका छन् । सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरेका छन् ।
सहसचिवमा पौडेल पक्षका मिलन थापा ३५१ मत र राजबहादुर क्षेत्री ३४० मतसहित विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको प्रमुख निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
पाल्पामा पनि उस्तै
पाल्पामा पनि कांग्रेसको क्षेत्रीय अधिवेशनमा देउवा समूह क्लिन स्वीप भएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा पौडेल पक्षले बाजी मारेको हो । पाल्पाको क्षेत्र नम्बर १ मा पौडेल समूहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ । सभापतिमा मगर ४८८ मतका साथ विजयी भए भने अर्का प्रतिस्पर्धी देउवा समूहका विष्णु बस्नेतले १०२ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका प्रतिनिधि विजयी भएका छन् ।
पाल्पा क्षेत्र नम्बर २ मा पनि पौडेल समूहको प्यानल विजयी भएको छ । क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् भने महाधिवेशन प्रतिनिधि पनि सबै पौडेल समूहका विजयी भएका छन् । सभापतिमा जिसीले ४६० मत ल्याए भने पराजित यादवसिंह कार्कीले २१४ मत प्राप्त गरे ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend