Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमलीको जिल्ला सचिवमा उम्मेद्बारी घोषणाः  युवाहरुबीच उत्साह 


    मंगलबार, मंसिर ७ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । नेपाली कांग्रेसका युवानेता नवीन बिमलीले झापा जिल्लाको सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।

    नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट राजनीतिक यात्रा शुरु गरेका विमली नेविसंघको जिल्ला सभापति, कांग्रेसको क्षेत्रीय सभापति हुँदै सक्रिय राजनीतिमा लागेका युवाहरूबीच लोकप्रिय छन् ।

    राजनीतिका साथै सामाजिक क्रियाकलापमा सक्रिय रहेका विमलीको सचिव पदको उम्मेद्वारीसँगै नयाँ उमंग थपिएको र बिजय सुनिश्चित रहेको कांग्रेस प्रतिनिधिहरु बताउँछन् ।

    जिल्ला सभापतिका उम्मेद्वार देउमान थेबेको समूहबाट सचिवमा उम्मेद्वारी घोषणा गरेका उनलाई  कांग्र्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रे्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, पूर्वसांसद डिल्ली सिटौला, सुधीर सिवाकोटी तथा जिल्ला सभापति उद्धव थापाको समेत समर्थन रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार