Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बस दुर्घटनामा मृत्यु भएका परिवारलाई नगद रकम


    मंगलबार, मंसिर ७ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिना गाउँको तपने खोलामा बस दुर्घटनामा परि मृत्यु भएका परिवारलाई नगद राहत प्रदान गरिएको छ । 

    गएको असोज २६ गते नेपालगञ्जबाट मुगु आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु भएका ३३ जना र घाइते भएका १२ जनाको परिवारलाई चिराए अस्पताल काठमाडौंका पूर्वअध्यक्ष साङगे गुरुङ र भारतका धर्मगुरु मुरारी बायुले नगद राहत प्रदान गरेका हुन् । 

    मंगलबार एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्ल र नेपाली कांग्रेसका सभापति ऐनबहादुर शाहीको सहजिकरणमा मृतक परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । उनका अनुसार घाइते र मृतक परिवारका ४५ जनालाई प्रति व्यक्ति सात हजारका दरले राहत वितरण प्रदान गरिएको हो ।

    रकम सानो भए पनि मृतक तथा घाइते परिवारलाई घाउमा मलम लगाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । यसका साथै मृतक परिवारलाई कर्णाली प्रदेश सरकारले प्रति व्यक्ति एक लाख रकम प्रदान गर्ने घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार