Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने


    मंगलबार, मंसिर ७ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ । बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पिएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो । 

    च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पिएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो । यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस झरेका स्पेनिस डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहेका थिए । 

    प्रशिक्षक माउरिसियो पोचेटिनोले रामोससहित स्टार खेलाडी लियोनल मेस्सी, नेयमार जुनियर, केलियन एमबाप्पेलगायतलाई टोलीमा समावेश गरेका छन् । समूह ‘जी’ मा ४ खेल सकिँदा सिटी शीर्षस्थानमा छ । तीन जित र एक हार ब्यहोरेको सिटीसँग ९ अंक छ ।

    दुई जित र दुई बराबरसहित अपराजित रहेको पिएसजी ८ अंक सहित दोस्राे स्थानमा छ । यस्तै क्लब ब्रुर्ग र आरबी लाईपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार