काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए ।
‘रावलजीले मलाई चुनौती दिनु भएको छ । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।
अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।
आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,’ उनले भने ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend