Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    मंगलबार, मंसिर ७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकोमा मंगलबार १६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    मंगलबार छापावाल सुन प्रति १० ग्राम ८९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार