Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीका सर्वसाधारण कोरोना खोप लगाउन जाँदैनन् खोप केन्द्रमा


    मंगलबार, मंसिर ७ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् ।कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतनाको अभावले पुग्न सकेनन् ।

    किसाननगरका ७५ वर्षीय टेकबहादुर मगर छोराछोरीले कहर गरेर मात्र खोप लगाउन आएको बताए । १-४ मंसिरसम्म महोत्तरीको सातवटा पालिकाको   टोल-टोलमा खोप अभियान चलाइएको थियो ।

    तर, महोत्तरीको उत्तरी क्षेत्रका  ७ वटा पालिकामा चलाएको खोप अभियानमा सर्वसाधारणको न्यून उपस्थिति रहयो । भेरोसेल दाेस्राे डोज खोप अभियानका क्रममा ३० हजार खोप महोत्तरी आइपुगेको थियो ।

    महोत्तरीमा अहिलेसम्म चलाइएका खोप अभियानमा ५६ हजार ६५८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् । दोस्राे डोजको लागि आह्वान गरिएको भेरोसेल खोप लगाउन १५ प्रतिशत सर्वसाधारण पनि उपस्थित नभएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    म‌ंगलबारबाट नै बाँकी आठवटा पालिकामा तीन दिनको लागि खोप अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले बताए ।

    `हामी खोप अभियानलाइ प्रभावकारी बनाउन १० गतेवाट नयाँ ढङ्गले प्रस्तुत हुन खोजिरहेका छौँ । यसकाे लागी प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ´, उनले भने ।

    जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म दुई लाख ४८ हजार २०९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कुल जनसंख्याको करिब ५२ प्रतिशत  हुन आउँछ ।  अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनवाट बिमुख बनिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार