Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईलाका प्रहरी कार्यालय दमकका डीएसपी कार्की प्रदेश एकको सर्वोत्कृष्ठ प्रहरी घोषित


    मंगलबार, मंसिर ७ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

    प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले सोमबार कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो ।

    गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए । परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो । तलास गर्ने क्रममा स्थानीयवासी महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्याङ्कीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मियाँको शव कात्तिक २६ गते भेटिएको थियो । 

    सो घटनाको सफल अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएका डीएसपी कार्कीले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाएको प्रदेश प्रहरी कार्यालयले उक्त उपाधि घोषणा गरेको हो। 

    सर्वोत्कृष्ट प्रहरी घोषित कार्कीको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स पोस्टर १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नं प्रदेशअन्तर्गत रहेका प्रथम श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने भएको छ ।

    प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार