Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपन्नलाई उकास्न मौरीसहितको घार


    सोमबार, मंसिर ६ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाउन भिमाद नगरपालिकाले लक्षित समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएर नगरपालिकाले मौरीसहितको घार वितरण गरेको हो । 

    नगरभर रहेका अशक्त, अपांग, दलित, एकल र विपन्न महिलाको आय आर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरेको उपमेयर शारदा खनालले बताइन् । नगरवासीलाई जहाँ पायक पर्छ त्यही लगेर मौरी घार वितरण गरिएको छ । 

    लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएको खनालले बताइन् ।‘एक/दुई वर्ष हामीले नि:शुल्क मौरीको घार वितरण गर्‍यौ। त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो । त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौं,’ उनले भनिन् । 

    एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको उनको भनाई छ । 

    गत आर्थिक वर्षदेखि भिमादमा ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम सुरु भएको हो । पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई पनि मौरीसहितको घार वितरण गरेको पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । पाँच लाख रुपैयाँ कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको थियो । 

    यस वर्ष पनि पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई मौरी घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई १० हजार रुपैयाँमा खरिद गरेको पौडेलले जनाए । मौरी पालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि बिस्तार गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार