Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ए डिभिजन लिग: सुनिलको दुई गोलमा मछिन्द्र विजयी


    सोमबार, मंसिर ६ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सुनिल बलको दुई गोल मद्दतमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण तिन अंक जोडेको हो ।

    मछिन्द्रका लागि सुनिलले खेलको १२औ मिनेट र खेल सकिन १० मिनेट अघि गोल गरे । एनआरटीका लागि खेलको ५३ मिनेटमा एरिक विष्टले  फ्रिकिकमा एक गोल गरे ।

    खेलको १२ मिनेटमै सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सुनिलले विशाल राईको पासमा पेनाल्टी बक्स भित्रबाट सेकेण्ड बारमा गोल गरेका थिए ।

    दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो । ५३औं मिनेटमा एनआरटीका एरिक विष्टले करिब ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

    ८०औं  मिनेटमा सुनिल बलले कप्तान सुजल श्रेष्ठको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले २-१ को अग्रता बनायो ।

    यस खेलसँगै पहिलो पटक विकेण्डमा आयोजना भएको लिगमा पहिलो चरणको खेल सकिएको छ । अब तीन दिनको। विश्रामपछि आगामी शुक्रबारदेखि दोस्रो चरणका खेलहरू सुरु हुनेछ ।

    खेलको म्यान अफ दि म्याच दुई गोल गरेका सुनिल बल घोषित भए । आज नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाढे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार