Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु


    सोमबार, मंसिर ६ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो ।

    लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । 

    अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए । उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार