Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसपीको ठेकेदारसँग कनेक्सनः दुई बर्षसम्म प्रबन्धमै रजगज


    सोमबार, मंसिर ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले शनिबार २२ एसपीको सरुवा निकाल्यो । तर खरिद हेर्ने प्रबन्ध निर्देशनालयका एसपी प्रेम बस्नेत भने सरुवा सूचीमा अटाउन सकेनन् । एसपीको सरुवा १ बर्षमा हुन्छ । सरकार परिवर्तन भएकाले केही एसपीले १६ महिनासम्म काम गर्ने मौका पाए । तर प्रबन्धका एसपी बस्नेतको भने २ बर्ष अवधि पुग्दा पनि सरुवा भएन । ठाकुरप्रसाद ज्ञवाली आइजीपी हुँदा बस्नेतलाई प्रबन्धमा ल्याइएको थियो । ज्ञवालीपछि आएका आइजीपी क्षेत्रीसँग पनि हिमचिम बढाएर उनी पदमा टिकिरहेका छन् ।

    प्रहरीका लागि आवश्यक लत्ताकपडादेखि विभिन्न सामान प्रबन्ध निर्देशनालयले खरिदका कार्य गर्दछ । आइजीपी शैलेश थापा क्षेत्रीले प्रहरीमा सून्य सहनशीलताको कुरा गरे पनि उनको सोझोपनको फाइदा प्रबन्धका एसपी बस्नेतले उठाउँदै ठेकेदारहरुसँग लाभ लिने गरेका छन् । प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरु टोपेन्द्र बीसी, श्रवणकुमार अग्रवाल, वीरेन्द्र जोशी लगायतको समूहसँग सेटिङ गरी उनले सामान खरिद गर्दैआएका छन् ।

    टेण्डर नै उनीहरुको सेटिङमा गर्ने गरिएको छ । टोपेन्द्र बीसी नेपाल टेलिकमका कर्मचारी हुन् । तर उनी टेलिकममा कहिल्यै काम नगर्ने र प्रहरी र सशस्त्रका ठेक्कापट्टामै ब्यस्त हुने गरेका छन् । उनले आफन्तका नाममा कम्पनी खोलेर प्रहरी र सशस्त्रमा सामान आपूर्ति गर्दैैआएका छन् । ठेकेदारहरु बीसी, अग्रवाल र जोशीहरुकै डिजाइनमा एसपी बस्नेतको २ बर्ष पुगिसक्दा पनि सरुवा नभएको स्रोत बताउँछ ।

    सर्वेन्द्र खनाल आइजीपी हुँदा प्रबन्धमा इन्स्पेक्टर केशवप्रसाद गौतमको सेटिङ चल्ने गरेको थियो । गौतमले भने त्यसबेला ठेकेदार ज्ञानेन्द्र बस्नेतको कम्पनीसँग सेटिङ गरी प्रहरीका लागि चुस्तादेखि जुत्तासम्म खरिद गरेका थिए ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार