Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा १२ का विद्यार्थी सागर पोखरेलले बनाए विजुलीबाट चल्ने मोटरसाइकल


    सोमबार, मंसिर ६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । बुटवल देवीनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विषय पढ्दै गरेका एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । 

    कक्षा १२ मा पढ्ने १८ वर्षीय सागर पोखरेलले कन्ट्रोलर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर विद्युतीय मोटरसाइकल बनाएका हुन् ।

    पोखरेलले ४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि ५० किलोमिटर प्रतिघण्टा गुड्ने जानकारी दिए । उनका अनुसार १२ भोल्टको ब्याट्रीमा ३२.५ एम्पियर सिरिज कन्भर्ट गरेर ४८ भोल्ट बनाएका छन् ।

    करिब एक वर्षको प्रयासबाट यो मोटरसाइकल बनाउन सफल भएको बताउँदै पोखरेलले भने एकपटक चार्ज गरेपछि याे मोटरसाइकल एक सय किलोमिटर गुड्न सक्छ ।

    राज्यका सम्बन्धित निकायले सहयोग गरेमा व्यवसायिक रुपमा विद्युतीय मोटरसाइकल स्वदेशमै बनाउन सकिने बताउँदै सागरले भने मोटरसाइकलमा ब्याक गियर र तीनथरि ब्रेकको विशेषता छ । उकालो सडकमा ब्याक गियर उपयोगी हुने उनको भनाइ छ । मोटरसाइकलमा भएको ई ब्रेकिङले दुर्घटनाबाट जोगाउने सागरले दावी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार