Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ: राष्ट्रपति


    सोमबार, मंसिर ६ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । 

    महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् । 

    जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् । 

    सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । विशेषगरी उनले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उनको गुनासो छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार