Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारको आन्दोलन जारी, सर्वाेच्चबाट हटाइयो दंगा प्रहरी


    सोमबार, मंसिर ६ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । 

    यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वाेच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ । 

    कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार