Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशले तोके १२ इजलासमा ४५४ मुद्दाको पेसी, अझै सुरु भएन गोलाप्रथा


    सोमबार, मंसिर ६ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका छन् ।

    आफूलाई इजलास नराखेका प्रधानन्यायाधीश जबराले सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरेका हुन् । 

    अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन् ।

    यस्तै, गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिए  पनि उक्त नियमावली हालसम्म राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु भएकाे छैन ।

    प्रवक्ता बाबुराम दाहालक अनुसार सर्वोच्च अदालत प्रशासनले बिहीबार कानुन मन्त्रालयमार्फत् संशोधित नियमावली मुद्रण विभागमा पठाएको थियो । तर,मुद्रण विभागले भने सोमबार बिहानसम्म पनि संशोधित नियमावली प्रकाशन गरेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार