Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा चौथो पटक लकडाउन


    सोमबार, मंसिर ६ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ । कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो । कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन् । 

    पछिल्लो लकडाउन पहिला जस्तै हुनेछ । बढी भिड हुने ठाउँ जस्तैः रेस्टुराँ, क्याफे, खेल मैदान, म्युजियम, नाट्यशाला, सैलुन कम्तिमा २० दिन खुल्ने छैनन् । 

    पर्यटकहरुको किनमेलको प्रमुख केन्द्र क्रिस्मस बजार पनि बन्द हुनेछन्  । त्यस्तै, सम्पूर्ण होटलहरु पनि बन्द हुनेछन् । सरकारले लकडाउन घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारीले राजधानी भियनामा विरोधमा उत्रिएका छन् । 

    लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । अविश्वासका कारण अझै पनि अस्ट्रियाको ठूलो जनसंख्याले खोप लगाएको छैनन् ।

    सरकारले सन् २०२२ देखि कोभिडविरुद्धको खोप अनिवार्य बनाउने घोषणा गरेको छ । युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी व्यवस्था गर्ने अस्ट्रिया पहिलो मुलुक हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार