Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा खुला मिनी म्याराथन हुने, विजेताले साढे ४४ हजार पाउने


    सोमबार, मंसिर ६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । जिल्ला खेलकुद विकास समिति लमजुङले १८ मा खुला पुरुष मिनि म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ । सुन्दरबजार नगरपालिका- ९ भोटेओडारमा म्याराथन दौड सञ्चालन गरिने समितिका अध्यक्ष योगबहादुर गुरुङले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितियलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र  सान्त्वना दुई जनालाई प्रतिव्यक्ति ५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।

    बेसीशहर नगरपालिकाको प्रवेशद्वारदेखि भोटेओडार, सिउँडीबार, लमजुङ क्याम्पस गेट, पाउँदी हुँदै भोटेओडार बगैचा सम्म करिब १५ किलोमिटरको प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले ४५ हजार रुपैयाँ बजेट पठाएको र बाँकी रकमकाे जाेहाे समितिले नै गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगीता सञ्चालनका लागी ४ लाख ६० हजार खर्च अनुमान गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार