चितवन।नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २५५ जना निर्वाचित हुनेछन् । मतदानमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् ।
केन्द्रीय कमिटी सदस्यमा चितवनबाट भने अहिलेसम्म ९ जनाले आकांक्षा देखाएका छन् । अरू अझै खुलेका छैनन् । दुई पटक सांसद भइसकेका कृष्णभक्त पोखरेलदेखि एमाले चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीसम्मले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।
चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आइतबार नेकपा एमालेको केन्द्रीय सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । दुई चोटि सांसद बनिसकेका पोखरेलले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा चुनाव लड्ने पक्का भएको बताए ।
पोखरेल १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आवास तथा खानपानको व्यवस्थापनमा खटिएका छन् । ‘यो पटक केन्द्रीय सदस्यमा लड्ने हो नि । दुई चोटि सांसद, कानुन समितिको सभापति भइसकेको मान्छे । यो लेभलको मान्छे, अब केन्द्रीय सदस्यमा लड्ने हो’, उनले भने । निर्वाचन क्षेत्र नम्बर २ बाट उनी २०७० सालमा संविधान सभाको सदस्य र २०७४ मा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका सांसद हुन् ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावल, पूर्व अध्यक्ष एवं एमाले प्रदेश कमिटी सदस्य जेएन थपलिया, दावा लामा र विजय सुवेदी पनि केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । त्यसैगरी, हालका एमाले केन्द्रीय सदस्य देवी ज्ञवाली, कपिल पोखरेल र सीता पौडेल पुनः केन्द्रीय सदस्यमा उठ्ने भएका हुन् । एमाले चितवन इन्चार्ज काशीनाथ अधिकारीले पनि केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेका छन् ।
केन्द्रीय सदस्यका आकांक्षी महाधिवेशनको लागि जिल्लामा जनपरिचालनदेखि आर्थिक प्रबन्धका काममा जिम्मेवारी लिएका काम गरिरहेका छन् । कृष्णभक्त पोखरेल हाल प्रतिनिधि सभाको कानुन, न्याय मानव अधिकार समितिका सभापतिसमेत रहेका छन् ।
२०७३ कात्तिकमा भएको नेकपा एमाले चितवनको चुनावबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन समयमा एमालेको माधवकुमार नेपाल पक्षका पोखरेलले जिल्ला अध्यक्षमा केपी ओली पक्षका जेएन थपलियालाई पराजित गरेका हुन् ।
त्यसपछि नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपछि उनी जिल्ला सचिव बनेका छन् । माओवादी र एमालेबीच फाटो आएर पार्टी विभाजनपछि पोखरेल केही समय माधव नेपाल पक्षमै लागे ।
माधव नेपाल पक्षका नेताहरू नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भनिएको थियो । तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखियो ।
२ जेठ २०७५ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष कृष्णभक्त पोखरेल हुनुपर्ने थियो । तर ५ पुस २०७७ मा अध्यक्ष केपी ओलीद्वारा चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी पार्वती रावलले अध्यक्ष पद छाड्न मानिनन् । अन्ततः पोखरेल आफैं सहमतिका लागि भन्दै पछि हटेका छन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend