Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घनेन्द्र ओझाको ‘असमान पहाडहरू’ बजारमा


    आइतबार, मंसिर ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ ।

    समालोचना र पत्रकारितामा समेत सक्रिय ओझाको बाह्रौँ पुस्तकका रूपमा प्रकाशन भएको यस कवितासंग्रहमा समसामयिक विषयका २१ वटा कविता संगृहीत छन् ।

    कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृतिप्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतन जस्ता विषय समेटिएको छ ।

    युवा साहित्यकार एवं समालोचक महेश पौड्यालको लामो र विस्तृत भूमिका रहेको यस कृतिको प्रकाशक कवि स्वयं छन् भने वितरक कन्दरा पब्लिकेसन रहेको छ ।

    पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार