Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २३८ जना कोरोना संक्रमित थपिंदा १ जनाको मृत्यु , २३८ जना निको भए


    आइतबार, मंसिर ५ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेका छन् । जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार