Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरीलाई झुक्याएर लगाएको ५० हजारभन्दा बढी गाँजाको बोट फडानी


    आइतबार, मंसिर ५ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैध रुपमा खेतमा लागाएको गाँजा फडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नपाको ७, ८ र १० नम्बर वडाको करिब १० विगाहा जमिनबाट ४५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजनी गरेको हो ।

    अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियानअन्तर्गत फल लाग्नुभन्दा अगावै फडानी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहित उनले बताए ।

    यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ । कतिपयले करेसाबारी तथा आँगनमासमेत गाँजाको विरुवा लगाउने गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार