Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जब गाडीबाट सडकमा डलर ओइरियो…


    आइतबार, मंसिर ५ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ । नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

    क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो । गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटाका बिटा खसेका थिए । अधिकांश नोट दुईदेखि २० डलरका थिए । 

    मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे । अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । 

    घटनाबारे संघीय जाँच ब्यूरो ९एफबीआई० ले जाँच गरिरहेको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार