Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजनीतिक दलमा लाग्ने पत्रकारको सदस्यता खारेज हुनेछः महासंघ


    आइतबार, मंसिर ५ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक दलका चुनावमा भाग लिने, महाधिवेशन प्रतिनिधि बन्ने पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा पत्रकारहरु प्रमुख राजनीतिक दलबाट वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने गरेका समाचार आइरहेपछि महासंघले विज्ञप्ति नै निकालेर राजनीतिक दलमा नलाग्न, लागेमा सदस्यता खारेज नै गर्नसक्ने जनाएको छ ।

     महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘पत्रकार महासंघका पदाधिकारी, सदस्य तथा साधारण सदस्यलाई  विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ ।

    नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको छ । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।

    गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेकाले उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको जानकारी गराउँछौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार