Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राउन सुगरसहित २ जना पक्राउ


    आइतबार, मंसिर ५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सिरहा प्रहरीले नरहा गाउँपालिका वडानम्बर ३ स्थित डण्डाटोल जाने बाटोबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरा रहेका छन् ।

    उनका अनुसार यी दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको छ ।

    प्रहरीका अनुसार पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा राखी थप अनुसन्धान कार्य गरिरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार