Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार पनि बारको आन्दोलन जारी, बन्दीबाहेकका अन्य मुद्दा नहेर्ने


    आइतबार, मंसिर ५ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ ।

    न्यायपालिका शुद्धीकरण र प्रधानन्यायाधीशकाे राजिनामा माग गर्दै करिब एक महिना देखि कानुन व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरिरहेका छन् ।

    अहिलेकै प्रधानन्यायाधीश भएसम्म न्यायपालिकाको शुद्धीकरण र विसंगतिको अन्त्य सम्भव नभएकाे बताउँदै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जानकारी दिए ।

    यसैबिच बार एशोसिएसनले आइतबारका लागि बन्दी प्रत्यक्षीकरण बाहेक अन्य कुनैपनि मुद्दा नहेर्ने निर्णय गरेको छ । जसका कारण आज देशभरका सबै अदालतमा बन्दीको मुद्दामा मात्रै कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार