Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले पठाएका एसपीलाई गृहमन्त्री खाँणको साथ, १ बर्ष पुगे पनि चलाइएनन्


    आइतबार, मंसिर ५ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले शनिबार राति निकालेको २२ एसपीको सरुवामा झापाका सानुराम भट्टराई र चितवनका ओम अधिकारीलाई चलाइएको छैन । झापाका एसपी सानुराम भट्टराईलाई अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका थिए । उनी ओली प्रधानमन्त्री हुँदा पीएसओ पनि बसेका र उनका विश्वासपात्र मानिन्छन् । तर नेपाली कांग्रेसको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पनि उनलाई नचलाउनुलाई भने आश्चर्यका रुपमा लिइएको छ ।

    एसपी भट्टराईको सरुवा भएको ११ महिना पूरा भएको छ । सामान्यतया १० महिना पूरा भएका एसपीहरुको सरुवा हुने गर्दछ । तर भट्टराई ओलीका विश्वासपात्र भए पनि उनलाई सरुवा नगरिनुमा गृहमन्त्री खाँण पत्नी मन्जु खाँणको हस्तक्षेपले काम गरेको चर्चा प्रहरीमा छ ।

    एसपी भट्टराईले गृहमन्त्रीपत्नी मन्जुसँग भाइटीका लगाउने गरेकैले उनको थमौती भएको हो । ओली सरकारले पठाएका अरु  एसपीहरुको सरुवा हुँदा उनी थमौती हुनुको कारण भाइटीका नै मानिएको छ । ओली सरकारको पालामा सरुवा भएका लुम्बिनी प्रदेशका डीआइजी मुकुन्दराज आचार्यलाई ५ महिनामै तान्दा झापाका एसपी भट्टराई चलाइएका छैनन् । 

    त्यसैगरी, चितवनका एसपी ओम अधिकारीको सरुवा भएको १० महिना भइसकेको छ । उनले पनि नेपाली कांग्रेसका नेताहरु प्रयोग गरी सरुवा थमौती गराएका छन् । सुदूरपश्चिम घर भएका उनले त्यतैतिरका कांग्रेस नेताहरु प्रयोग गरी थमौती भएका छन् । चितवनमा जुवातास खेलाउनेहरुको संरक्षण गरेको र घुमुवा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने गरेका घटना सार्वजनिक हुँदा पनि उनी थमौती भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार