Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशविरूद्धको आन्दोलनमा नयाँ ट्वीस्ट, कानून व्यवसायीद्वारा गृहमन्त्रीको पनि राजीनामा माग


    आइतबार, मंसिर ५ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरूद्धको आन्दोलनमा नयाँ ट्वीस्ट आएकाे छ  ।

    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन् । 

    आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन् ।

    सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

    २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार