Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    आइतबार, मंसिर ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो ।

    महासंघले आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो ।
    यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार