Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप दिइने


    आइतबार, मंसिर ५ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप आजबाट दिइने भएको छ । 

    आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहाले जानकारी दिए ।

    कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ । 

    स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार