काठमाडौं । नेपाल प्रहरीले शनिबार तीन डीआइजीको सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्दराज आचार्यलाई पाँच महिनामै तानिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देही पनि लुम्बिनी प्रदेशमै पर्दछ ।
रुपन्देहीमा शुक्रबार कांग्रेसको अधिवेशनमा कुटाकुट भएको भोलिपल्टै उनी तानिएका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा सरुवा गरिएको छ । आचार्यलाई २०७८ असार ७ मा लुम्बिनी प्रदेशमा सरुवा भएका थिए ।
लुम्बिनी प्रदेशमा प्रबन्ध निर्देशनालयका डीआइजी प्रकाश अधिकारीलाई पठाइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयका डीआइजी बसन्तकुमार लामालाई प्रबन्धमा सरुवा गरिएको छ ।