Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनविरोधी देशहरुलाई ‘ताइवान कार्ड’ प्रयोग नगर्न चिनियाँ विदेशमन्त्री वाङको चेतावनी


    आइतबार, मंसिर ५ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका छन् । चीनविरोधी देशहरुलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै उनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका हुन् ।

    ताइवानको विषयलाई लिएर अन्य देशहरुसँग द्वन्द्व गर्ने चीनको आशय नभएको उनले बताए । उनले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वकै भविष्य निर्धारण  गर्ने बताए ।

    ताईवानले अमरिकाले प्रदान गरेको अत्याधुनिक लडाकु जेट एफ–१६ भी परिचालन गरिरहेको पृष्ठभूमिमा चीनका विदेशमन्त्रीको टिप्पणी आएको हो । सो जेट ताईवान र अमेरिकाबीचको साझेधारीको बिम्ब भएको ताइवानका राष्ट्रपति साई इन वेनले बताएका छन् । 

    गत महिना ताइवानको हवाई क्षेत्रमा चीनले ठूलो संख्यामा लडाकु विमानहरू उडाएको थियो । त्यसको अमेरिकाले विरोध गदैै आएको थियो । चीनले ताइवानमाथि हमला गरे ताइवानलाई सहयोग गर्ने अमेरिकाले बताउँदै आएको छ ।

    चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङले  पछिल्लो समयचीन र अमेरिकाबीचको व्यापार सम्बन्ध बिग्रिएको बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार