Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, २९ घाइते


    आइतबार, मंसिर ५ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 

    वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ । 

    आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । 

    घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार